+

नवनियुक्त स्वास्थ्य सचिव डा.देवकोटाले सम्हाले जिम्मेवारी

२०८१ फागुन  २२ गते १५:०८ २०८१ फागुन २२ गते १५:०८
नवनियुक्त स्वास्थ्य सचिव डा.देवकोटाले सम्हाले जिम्मेवारी

२२ फागुन, काठमाडौं । नवनियुक्त स्वास्थ्य सचिव डा.विकास देवकोटाले पदाबहाली गरेका छन् । डा.देवकोटालाई बुधबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सचिव नियुक्त गरेको थियो ।

बिहीबार मन्त्रालय पुगेर डा.देवकोटाले स्वास्थ्य सचिवको जिम्मेवारी सम्हालेका हुन् । यसअघि उनी स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारीमा थिए ।

स्वास्थ्य सचिव रहेका डा.रोशन पोखरेलले यही फागुन १२ गते अवकास पाएपछि उक्त पद रिक्त भएको थियो ।

स्वास्थ्य सचिवका लागि देवकोटासहित ३ अतिरिक्त सचिवको नाम सिफारिस गरिएको थियो ।

लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको सिफारिस समितिले १२औं तहमा रहेका डा संगिता मिश्र र डा टंक बाराकोटीको नाम सिफारिस गरेकोमा डा.देवकोटालाई स्वास्थ्य सचिव नियुक्त गरिएको हो ।

स्वास्थ्य सचिव
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय