+
+
Shares

अभिनेत्री गौरी मल्ललाई मातृशोक

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २२ गते १५:११

काठमाडौं । अभिनेत्री गौरी मल्ललाई मातृशोक परेको छ । उनकी ८८ वर्षिया आमा हेमकुमारीको विहिबार दिउँसो उपचारको क्रममा गंगालाल अस्पतालमा निधन भएको छ ।

हेमकुमारीको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा अन्त्येष्टिको लागि लगिएको छ । उनको शवलाई अस्पतालबाट आर्यघाट लगिएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।

अन्तिम श्रद्धाञ्जली दिन चलचित्र कलाकारहरू आर्यघाटमा पुग्ने क्रम जारी छ । हेमकुमारीका २ सन्तान छन्, जसमध्ये गौरी जेठी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?