+

निर्णय पुस्तिकासहित ७ खेल संघलाई छलफलमा बोलाउने निर्णय

२०८१ फागुन  २२ गते २३:०१ २०८१ फागुन २२ गते २३:०१
निर्णय पुस्तिकासहित ७ खेल संघलाई छलफलमा बोलाउने निर्णय

२२ फागुन, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचन प्रक्रियामा सहभागी हुनुको कारण बारे थप स्पष्टताका लागि राखेपले ७ खेल संघलाई आफ्नो निर्णय पुस्तिकासहित बोलाउने निर्णय गरेको छ ।

सम्बन्धित पदाधिकारीलाई निर्णय पुस्तिकासहित छलफलमा बोलाउने बिहीबार बसेको छानविन कार्यदलको पहिलो बैठकले निर्णय गरेको हो ।

कार्यदलकी संयोजक राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठको अध्यक्षतामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बसेको बैठकले एनओसीको निर्वाचनमा सहभागी नेपाल र्‍याफटिङ एन्ड क्यानोइङ संघ, नेपाल बास्केटबल संघ, नेपाल आर्चरी संघ, नेपाल स्की संघ, नेपाल जुडो संघ, नेपाल गल्फ संघ र नेपाल कराते महासंघका पदाधिकारीलाई छलफलका लागि बोलाउने निर्णय गरेको हो ।

‘उहाँहरुले राखेपमा पत्र पनि बुझाउनु भएको छ । थप स्पष्ट हुन हामीले उहाँहरुलाई निर्णय पुस्तिकासहित छलफलका लागि बोलाउने निर्णय गरेका हौं’ संयोजक श्रेष्ठले भनिन् ।

सो विषयमा छानविन गर्न राखेप कार्यकारी समितिको ३४औं बैठकले श्रेष्ठको संयोजकत्वमा खेलकुद विकास विभाग विभागका प्रमुख सरोजकुमार पोखरेल र सोही विभागका प्रशासकीय अधिकृत सानुराज केसी सदस्य रहने गरी ३ सदस्यीय कार्यदल गठन गरेको थियो ।

नेपाल ओलम्पिक कमिटी राखेप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय