+
+
Shares

प्रधानमन्त्री ओली सुर्खेत जाँदै, प्रदेश सभालाई सम्बोधन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २३ गते ७:४४

२३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सुर्खेत जाँदै छन् ।

प्रधानमन्त्री ओली मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह, कर्णाली प्रदेश सभामा सम्बोधन लगायतका विभिन्न कार्यक्रममा सहभागी हुन सुर्खेत जान लागेका हुन् ।

उनको सचिवालयका अनुसार उनले आज बिहान ११ः३० बजे वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा अध्यक्षता ग्रहण गर्ने कार्यक्रम छ ।

दिउँसो दुई बजे कर्णाली प्रदेश सभामा विशेष सम्बोधन गर्ने र साढे तीन बजे मध्यपश्चिम विश्वविद्यालयको भवन उदघाटन गर्ने कार्यक्रम छ ।

त्यसपछि अपराह्न चार बजे रंगशाला अवलोकन गरेर प्रधानमन्त्री ओली काठमाडौं फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?