२३ फागुन, काठमाडौं । आउँदो चैतमा हुने नेपाल सुपर लिग (एनएसएल) फुटबलको मुख्य प्रायोजन एनसेलले गर्ने भएको छ । शुक्रबार एक कार्यक्रमका बीच प्रायोजक घोषणा गरिएको हो ।
प्रायोजन सम्झौतामा नेपाल सुपर लिगकी चेयरपर्सन आश्रयता कार्की चाैधरी र एनसेलको तर्फबाट चिफ कमर्सियल अफिसर उमेर मोहसिनले हस्ताक्षर गरे ।
सम्झौताबारे बोल्दै लिगका निर्देशक श्रेयान्स कार्कीले भने, ‘यस वर्षका लागि सम्झाैता भएको छ । हामीसँग यसलाई अघि बढाउने विकल्प पनि छ । हामी लामो समय अघि बढोस् भन्न चाहन्छौं।’
त्यस्तै मोहसिनले नेपाल फुटबलको विकास र क्षमतावान युवा खेलाडीलाई अघि बढाउने लक्ष्यका साथ सम्झाैता गरेको बताए । सम्झौता रकम भने दुवै पक्षले खुलाउन चाहेनन् ।
एनएसएलका लागि ए र बी क्याटेगोरीका खेलाडीहरूको अक्सन भइसकेको छ । सी क्याटेगोरीको ड्राफ्ट फागुन २५ मा क्लोज डोरमा गर्ने योजना रहेको निर्देशक कार्कीले बताए ।
डी क्याटेगोरीको भने ड्राफ्ट हुँदैन । विभिन्न गोल्डकप तथा नेशनल टिमको क्लोज क्याम्पले गर्दा केही चुनाैतीहरु हुने उनले बताए ।
एनएसएल सुरु हुनुअघि कार्यक्रम गरेर पुरस्कारलगायत अन्य जानकारी सार्वजनिक गर्ने पनि निर्देशक कार्कीले बताए ।
एनएसएलको तेस्रो संस्करण चैत १६ देखि हुने तय छ । ७ टिम सहभागी रहनेछन् ।
प्रतिक्रिया 4