+
+
Shares

काश्मिरी मस्जिदमा रमजानको उत्साह (तस्वीरहरू)

काठमाडौंको घण्टाघरमा रहेको काश्मिरी मस्जिदमा पनि आज ठूलो संख्यामा मुस्लिम धर्मालम्बीहरू नमाज पढ्न सहभागी भएका थिए ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८१ फागुन २३ गते १४:२३

२३ फागुन, काठमाडौं । इस्लाम धर्मालम्बीहरूको मुख्यपर्व रमजान अन्तर्गत नेपाली मुस्लिम समुदायले रमजानको पहिलो शुक्रबार आज मस्जिदमा भेला भएर नमाज पढेका छन् । काठमाडौं लगायत देशभरिका मस्जिदमा भेला भएर उनीहरूले नमाज पढेका हुन् ।

काठमाडौंको घण्टाघरमा रहेको काश्मिरी मस्जिदमा पनि आज ठूलो संख्यामा मुस्लिम धर्मालम्बीहरू नमाज पढ्न सहभागी भएका थिए ।

यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार व्रत बसी नमाज पढ्ने गर्छन् ।

एक महिनासम्म चल्ने यो पर्वमा सूर्यादयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ ।

रमजानको महिना मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको महिनाको रूपमा मान्ने गरिन्छ । यो महिनामा रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?