+

बुटवल लुम्बिनी एफसीका भुटानी प्रशिक्षक नेपाल आइपुगे

२०८१ फागुन  २३ गते १५:५४ २०८१ फागुन २३ गते १५:५४
बुटवल लुम्बिनी एफसीका भुटानी प्रशिक्षक नेपाल आइपुगे

२३ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) टिम बुटवल लुम्बिनी एफसीका भुटानी प्रशिक्षक पुष्पलाल शर्मा नेपाल आइपुगेका छन् ।

उनी शुक्रबार काठमाडौं आइपुगेका हुन् । उनलाई क्लबका अफिसियलहरूले विमानस्थलमा स्वागत गरेका थिए ।

एएफसी प्रो-लाइसेन्स प्राप्त शर्मा यसअघि भुटानको पारो एफसीका प्रमुख प्रशिक्षक तथा प्राविधिक निर्देशकका रूपमा कार्यरत थिए ।

उनले भुटान फुटबल महासंघ तथा राष्ट्रिय टोलीमा उल्लेखनीय भूमिका निर्वाह गर्दै कोचिङ, खेलाडी विकास, र रणनीतिक व्यवस्थापनमा अत्यधिक अनुभव आर्जन गरेका छन् ।

बुटवल लुम्बिनी एफसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय