+

नेपालमा पहिलो पटक फ्रिस्टाइल चेस प्रतियोगिता हुने

२०८१ फागुन  २३ गते १६:११ २०८१ फागुन २३ गते १६:११
नेपालमा पहिलो पटक फ्रिस्टाइल चेस प्रतियोगिता हुने

२३ फागुन, काठमाडौं । हिमालयन चेस एकेडेमीको आयोजनामा नेपालमा पहिलो पटक फ्रिस्टाइल चेस प्रतियोगिता आयोजना हुने भएको छ । आयोजकले शुकबार पत्रकार सम्मेलन गर्दै हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप आयोजना गर्ने जानकारी गराएको हो ।

दुई दिने प्रतियोगिता एकेडेमीको पहिलो वार्षिकोत्सवको अवसरमा आयोजना हुन लागेको हो । एकेडेमीले चैत १ गते पहिलो वार्षिकोत्सव मनाउँदैछ ।

पूर्वविश्व चेस च्याम्पियन बबी फिसरले सुरु गरेको नयाँ स्वरुपको फ्रिस्टाइल चेसको प्रतियोगिता नेपालमा पहिलोपल्ट हुन लागेको हो, जसले नेपाली चेस जगतमा नयाँ आकर्षण थप्ने विश्वास गरिएको छ ।

यहाँ नयाँ प्रयोगको रुपमा रहेको फ्रिस्टाइल चेस च्याम्पियनसिपमा सहभागि खेलाडीलाई ४ समूहमा विभाजन गरिनेछ । समूह चरणका खेल एकेडेमीको आफ्‌नै हलमा सञ्चालन गरिनेछ । समूहका विजेता ४ खेलाडी नकआउटको आधारमा हुने फाइनल्सलाई छनोट हुने एकेडेमीकी अध्यक्ष मोनालिसा खम्बूले बताइन् ।

फ्रिस्टाइलको फाइनल्समा छनोट नभएकासहित अरु खेलाडीले ब्लिज कप खेल्नेछन् । ब्लिज कप र फ्रिस्टाइलको फाइनल्स होटल रोयल सिंगीमा चैत १ गते शुक्रबार हुनेछ। सोही दिन प्रतियोगितापछि विजेताहरूलाई पुरस्कार तथा वर्षका उत्कृष्ट खेलाडीहरूलाई अवार्ड वितरण गरिनेछ ।

दुई प्रतियोगिताको कुल पुरस्कार राशी १ लाख २५ हजार रुपिया रहेको छ । फ्रिस्टाइलको विजेताले २५ हजार, उपविजेताले ९ हजार ६ सय तथा सेमिफाइनलमा पराजित हुने २ खेलाडीले जनही ६ हजार ४ सय पाउनेछन् ।

ब्लिज कपको विजेताले १५ हजार, उपविजेताले ७ हजार ५ सय, तेस्रोले ६ हजार र चौथो हुनेले ४ हजार प्राप्त गर्नेछन् । ब्लिज महिला, गर्ल्स र ब्वइजतर्फ यू ८, यू १०, यू १२, यू १४, यू १६ विजेता, एचसीए बेस्ट, ५० वर्षमाथिको भेट्रान, अनरेटेड, फिडे रेटिङ २००० र १७०० मुनि गरी १६ स्पर्धा समावेश गरिएको छ ।

फ्रिस्टाइल चेस प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय