
२३ फागुन, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (मप) का ३ हजार ८ सयभन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । शुक्रबार तेस्रो दीक्षान्त समारोहका अवसरमा कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले तीन हजार ८४१ विद्यार्थीलाई दीक्षित गरेका हुन् ।
वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा ती विद्यार्थी दीक्षित भएका हुन् । समारोहमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, इन्जिनियरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र सामााजिकशास्त्र गरी सबै संकाय र स्कुलबाट स्नातक तहमा दुई हजार १८९ विद्यार्थी दीक्षित भएका छन् ।
त्यस्तै स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा शैक्षिक सफलता हासिल गरेका एक हजार ६६३ र व्यवस्थापन संकायको दर्शनाचार्य पूरा गरेका १९ गरी तीन हजार ८४१ विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ । प्रधानमन्त्री ओलीले विभिन्न उत्कृष्ट विद्यार्थीलाई पुरस्कार पनि प्रदान गरेका थिए ।
विश्वविद्यालयले शैक्षिक कार्यक्रम सुरु गरेको १२ वर्षमा शुक्रबार तेस्रो दीक्षान्त समारोह गरेको हो ।
प्रतिक्रिया 4