+

सुदूरपश्चिम प्रदेशले नारायण जोशीको कप्तानीमा पीएम कप खेल्ने

२०८१ फागुन  २३ गते २१:५७ २०८१ फागुन २३ गते २१:५७
सुदूरपश्चिम प्रदेशले नारायण जोशीको कप्तानीमा पीएम कप खेल्ने

२३ फागुन, काठमाडौं । आइतबारदेखि सुरु हुने पीएम कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशले अन्तिम टोली घोषणा गरेको छ ।

नारायण जोशीको कप्तानीमा टोली घोषणा भएको हो । टोलीमा हेमन्त धामी, शेर मल्ल, विकास आग्री, टेक रावत, प्रकाश पाण्डेय, किरण ठगुन्ना, मिलन बोहरा, निश्चल क्षेत्री, सुशील चन्द, शौर्य श्रेष्ठ,  भोजराज भट्ट, खडक बोहरा, राहुल भण्डारी र अर्जुन बिक छन् ।

त्यस्तै वैकल्पिक खेलाडीमा हिक्मत महरा, बसन्त खत्री, सचिन भट्ट र गजेन्द्र भण्डारी छन् । प्रशिक्षकमा दिपेन्द्रबहादुर चन्द, व्यवस्थापकमा सन्तोष भट्ट र ट्रेनरमा साजन गौतम छन् ।

पीएम कम यसपटक लुम्बिनी प्रदेशका तीन क्रिकेट मैदानमा हुँदैछ ।

पीएम कप क्रिकेट सुदूरपश्चिम प्रदेश
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय