
२४ फागुन, काठमाडौं । नारायणगढ-बुटवल सडक खण्डको दाउन्नेमा ट्रक र बस ठोक्किएका छन् ।
गएराति ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा पूर्वपश्चिम राजमार्ग बिहानैदेखि दुईतर्फी अवरुद्ध भएको छ । सवारी साधनको लाइन पूर्वतर्फ दुम्कीबासम्म छ ।
अहिले ठोक्किएका दुवै गाडी हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
यो क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ । सडक भत्किएर खाल्डाखुल्डी भएकाले लामो समयदेखि यात्रुहरुले सास्ती भोग्दै आएका छन् ।
चालकहरुले लेन मिचेर सवारी चलाउनाले पनि यस क्षेत्रमा दुर्घटना हुने गरेको छ ।
तस्वीर : राज पाण्डे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4