+

नेपाली क्रिकेट टिमको प्रशिक्षकका लागि ७० जनाको आवेदन

२०८१ फागुन  २४ गते १४:१० २०८१ फागुन २४ गते १४:१०
नेपाली क्रिकेट टिमको प्रशिक्षकका लागि ७० जनाको आवेदन

२४ फागुन, काठमाडौं । गत जनवरीदेखि रिक्त रहेको नेपाली पुरूष क्रिकेट टोलीको प्रशिक्षकका लागि ७० जना व्यक्तिहरूको आवेदन परेको छ ।

नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले विभिन्न देशका गरी ७० जनाको नाम आएको र त्यहाँबाट शर्टलिस्ट गरी पुरूष पीएम कप सकिनुअगाडि अर्थात् चैतको तेस्रो साताभित्र घोषणा गर्ने जनाएका हुन् ।

दुईजना पूर्वप्रशिक्षकहरूको पनि आवेदन आएको सचिव खड्काले जनाए । उनीहरूको नाम भने खुलाइएको छैन । अब पीएम कपको अवधिमै प्रशिक्षक नेपाल बोलाएर नियुक्ति गर्ने बताइएको छ ।

‘७० जनाको नाम आएको छ, केही चर्चित र अनुभवी नामहरू पनि छन्’ सचिव खड्काले भने, ‘पीएम कप सकिने बेलासम्म नेपाल बोलाएर सम्झौता गर्नेछौं र त्यसबेला नै सबै जानकारी दिनेछौं।’

यसअघि सन् २०२४ को जनवरीदेखि नेपाली टोलीको प्रशिक्षण सम्हालेका मोन्टी देशाईसँगको सम्झौता सकिएर नवीकरण नगर्ने निर्णय भएको थियो । त्यसको केही दिनमा क्यानले प्रशिक्षक नियुक्तिका लागि आवेदन खुलाएको थियो ।

नेपाली क्रिकेट टिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय