+
+
Shares

फिल्म गायनमा मिस्टर डीको डेब्यु, ‘आउट ल’को लागि गाए ‘अन्धो कानुन’

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २४ गते १४:३४

काठमाडौं । अहिलेका चर्चित र्‍यापर मिस्टर डी (सन्दीप विष्ट) र टिभी रियालिटी शो ‘भ्वाइस अफ नेपाल’की ट्यालेन्ट नीतु पुनले आगामी फिल्म ‘आउट ल’को लागि सांगीतिक सहकार्य गरेका छन् ।

सुशिल श्रेष्ठ स्टारर फिल्मको लागि यी दुईले मौलिक गीत (ओर्जिनल साउण्ड ट्रयाक) तयार पारेका हुन् । गीतमा मिस्टर डीको र्‍याप, मेलोडी र शब्द छन् । नीतुको फिमेल भ्वाइस समावेश छ ।

पहिलोपटक यी दुबैले पाश्र्वगायनमा डेब्यु गरेका हुन् । पछिल्लो सुपरहिट गीत ‘अख्खा छ’पछि मिस्टर डीले फिल्मका लागि ‘अन्धो कानून’ बोलको गीत तयार पारेका हुन् । ‘अन्धो कानुन’ बोलको गीतले नेता र सरकारमाथि आक्रोश पोखेको छ । कानुन अन्धो हुँदा देशमा नारीको अस्मिता कसरी लुटिएको छ भन्ने गीतमा आवाज प्रस्तुत गरिएको छ ।

मिस्टर डीको कुरा गर्दा सन् २०१८ मा रिलिज भएको ‘नाच वसन्ती’को उनको सर्वाधिक हिट गीत हो जसलाई युट्युबमा मात्र १ करोडभन्दा धेरै पटक हेरिएको छ । ‘अख्खा छ’, ‘गोबर ल्याँठ’, अख्खा छ, ल्हास्सो, ल है उनका हिट गीत हुन् ।

भिडियोमा दीर्घ धामीको कन्सेप्ट, सम्पादन र निर्देशन छ । सलिनाको कार्यकारी निर्देशन रहेको गीतको भिडियोमा सलिना सुनार र साजेश बलामी पनि निर्देशन टिममा छन् । राजेश कुटुको यसमा नृत्य छ । नवीन गुरुङले फिल्म खिचेका हुन् ।

फिल्मलाई विक्की महर्जनले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा अमित अग्रहरी र निशा गुइडेको लगानी छ । विनोद कठायत कार्यकारी निर्माताको रुपमा छन् ।

फिल्ममा नरेश पौड्याल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेममान गुरुङ, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, आयन परियारको अभिनय छ । चुल्ठे काजीको एक्सन रहेको फिल्ममा साहिल खानको सम्पादन छ । ‘आउट ल : दफा २१९’ फागुन २९ गतेदेखि प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?