
२४ फागुन, काठमाडौं । नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको छ ।
तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले जानकारी दिए ।
भूकम्पको धक्का काठमाडौं सहितका जिल्लामा पनि महसुस भएको छ । २ बजेर ३५ मिनेट जाँदा भूकम्प गएको हो ।
आज बिहानमात्रै म्याग्दी र बागलुङमा पनि भूकम्प गएको थियो ।
गत पुस २३ गते तिब्बतकै सिगात्सेस्थित दिङ्गे काउन्टीमा ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4