+

नवौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड आगामी २० वैशाखमा हुने

२०८१ फागुन  २४ गते १६:०२ २०८१ फागुन २४ गते १६:०२
नवौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड आगामी २० वैशाखमा हुने

२४ फागुन, पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने नवौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८१’ को मिति तय भएको छ ।

पोखरा रंगशालाको मिडिया सेन्टरमा बसेको मञ्चको बैठकले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आगामी २० वैशाख २०८२ मा नवौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड कार्यक्रम गर्ने निर्णय भएको मञ्चका अध्यक्ष मानबहादुर घर्ती (एमबी आस्था) ले जानकारी दिए ।

मिति घोषणासँगै अवार्ड कार्यक्रमलाई भव्य बनाउन तयारी सुरु भइसकेको उनको भनाइ छ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई ऊर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आइरहेको छ ।

अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने अध्यक्ष घर्तीले जनाए ।

त्यस्तै, बैठकले मञ्चको सल्लाहकार मनोनयन समेत गरेको छ । जसमा रामकृष्ण ज्ञावाली, दीननाथ बराल र सुरज श्रेष्ठ रहेका छन् । त्यसैगरी, मञ्चको कानुनी सल्लाकारमा अधिवक्ता मनोज घर्ती मगरलाई मनोनित गरेको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो । देश संघीयतामा गएसँगै यसलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तरोन्नति गर्दै स्वायत्त संस्थाको रूपमा विकास गरिएको छ । हाल ७४ जना पत्रकार मञ्चमा आवद्ध छन् ।

पोखरा स्पोर्ट्स अवार्ड २०८१
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय