२४ फागुन, काठमाडौं । युगाण्डामा आजदेखि सुरु भएको वुमन्स डे कप टी-२०आई प्रतियोगिताको पहिलो खेलमा नेपालले नामिबियासँग खेलिरहेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नामिबियालाई ९३ रनको लक्ष्य दिएको छ । नेपाल २० ओभरमा ९२ रनमा अलआउट भएको हो ।
नेपालका लागि सम्झना खड्काले १८ तथा कविता जोशीले १६ रन बनाए । पुजा महतोले १३ रन बनाइन् । ईश्वरी विष्ट १७ रनमा अविजित रहिन् ।
नामिबियाका लागि विल्का मतिले र मेकेलाए मातिलेले ३-३ विकेट लिए । केलन ग्रिनले २ तथा आरास्ता डिरगार्टले १ विकेट लिइन् ।
आजै भएको पहिलो खेलमा युगाण्डाले हङकङलाई पराजित गरेको छ ।
प्रतिक्रिया 4