+
+
Shares

पार्टी बलियो बनाउन ‘जरा अभियान’ : एमाले महासचिव

जरा अभियान र मिसन–२०८४ ले एमालेलाई अझ सशक्त शक्तिका रूपमा स्थापित गर्ने महासचिव शंकर पोखरेलको भनाइ छ ।

रासस रासस
२०८१ फागुन २४ गते १८:५१

२४ फागुन, बाँके । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी बलियो बनाउन वडा केन्द्रित ‘जरा अभियान’ सञ्चालन गरिएको बताएका छन् ।

एमाले स्थानीय विकास विभागले शनिबार नेपालगञ्जमा गरेको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट प्रत्यासी उम्मेदवारलाई सम्मान तथा अभिमुखीकरण कार्यक्रममा उनले जरा केन्द्रित अभियान र मिसन–२०८४ ले एमालेलाई अझ सशक्त शक्तिका रूपमा स्थापित गर्ने बताए ।

महासचिव पोखरेलले नेकपा एमालेलाई निर्णायक शक्ति निर्माण गर्ने यात्रामा स्थानीय तहका पूर्वजनप्रतिनिधिका साथै तहका युवा वर्गको योगदान हुनेमा आफू विश्वस्त रहेको धारणा राखे । सुदृढ राजनीतिक दलबाट नै राष्ट्र निर्माण हुने तर्क गर्दै उनले भने, ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न नेकपा एमाले क्रियाशील रहेको छ ।’

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?