+

नोटिङहामले म्यान्चेस्टर सिटीलाई हरायो

२०८१ फागुन  २४ गते २०:३६ २०८१ फागुन २४ गते २०:३६
नोटिङहामले म्यान्चेस्टर सिटीलाई हरायो

२४ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा नोटिङहाम फरेस्टले म्यान्चेस्टर सिटीमाथि जित निकालेको छ ।

शनिबार साँझ भएको खेलमा नोटिङहामले सिटीलाई १-० गोलअन्तरले हराएको हो । नोटिङहामको जितमा क्यालम हड्सन ओडोईले गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।

घरेलु टोलीलाई जित दिलाउन हड्सन ओडोईले ८३औं मिनेटमा मोर्गान गिब्स ह्‍वाइटको पासमा गोल गरेका थिए ।

जितपछि २८ खेलमा ५१ अंकसहित नोटिङहाम तेस्रो स्थानमा छ भने ४७ अंक रहेको सिटी चौथो स्थानमा छ ।

इंग्लिस प्रिमियर लिग नोटिङहाम फरेस्ट म्यान्चेस्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय