+

महिला दिवसका अवसरमा रग्बी खेल सम्पन्न

२०८१ फागुन  २४ गते २२:०३ २०८१ फागुन २४ गते २२:०३
महिला दिवसका अवसरमा रग्बी खेल सम्पन्न

२४ फागुन, काठमाडौं । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा मैत्रीपूर्ण रग्बी खेल शनिबार सम्पन्न भएको छ ।

नेपाल रग्बी संघ र नेपाल खेलकुद पत्रकार मञ्चको संयुक्त आयोजनामा महिला खेलकुद पत्रकार र महिला विभागका महिला सदस्यहरु बीच मैत्रीपूर्ण रग्बी खेलको आयोजना गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ प्रमुख अतिथि रहेको कार्यक्रममा उनले शुभकामना सहित बल हस्तान्तरण गरेर कार्यक्रमको सुरुवात भएको थियो ।

महिला दिवसको अवसर पारेर प्रत्येक वर्ष जस्तै नेपाल रग्बी संघको महिला विभागले कार्यक्रमको आयोजना गरेको महिला विभागकी प्रमुख एलिस थापाले बताइन् ।

रग्बी खेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय