+

खुमबहादुर खड्का स्मृति भलिबलको उपाधि मणिमुकुन्द क्लबलाई

२०८१ फागुन  २४ गते २२:१४ २०८१ फागुन २४ गते २२:१४
खुमबहादुर खड्का स्मृति भलिबलको उपाधि मणिमुकुन्द क्लबलाई

२४ फागुन, काठमाडौं । चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरूष भलिबल प्रतियोगिताको उपाधि मणिमुकुन्द भलिबल क्लब रुपन्देहीले जितेको छ ।

घोराहीमा शनिबार भएको फाइनल खेलमा न्यु होराइजन स्पोर्ट्स क्लब बुटवललाई ३-१ को सेटमा हराउँदै मणिमुकुन्दले उपाधि जितेको हो । कडा प्रतिष्पर्धात्मक खेलमा मणिमुकुन्द भलिबल क्लबले २५–१४,२७–२९,२५–१९ र २५–२० को जित निकाल्दै उपाधि हात पारेको हो ।

पहिलो सेट मणिमुकुन्दले जित्दा दोस्रो सेट न्यु होराइजन स्पोट्र्स क्लबले जितेको थियो। त्यसपछि लगातार दुई सेट जित्दै मणिमुकुन्दले खेल आफ्नो कब्जामा परेको थियो ।

उपाधिसँगै मणिमुकुन्दले दुई लाख ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र जित्न सफल भएको छ । उपविजेता बनेको न्यू होराईजनले एक लाख २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो।

प्रतियोगितामा रोयल सिस्ने युवा क्लव तेस्रो भएको थियो। प्रतियोगितामा तेस्रो भएको रोयल सिस्नेले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।

खुमबहादुर खड्का स्मृति भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय