+
+
Shares

प्रधानमन्त्री आज सुदूरपश्चिम आउँदै, प्रदेश सभालाई सम्बोधन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २५ गते ७:५१

२५ फागुन, धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सुदूरपश्चिम आउने भएका छन् ।

ओली सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह लगायतका कार्यक्रममा सहभागी हुन सुदूरपश्चिम आउन लागेका हुन् ।

हेलिकप्टरमार्फत आउने ओलीले बिहान ११ बजे कञ्चनपुरको महेन्द्रनगरमा हुने दीक्षान्त समारोहलाई सम्बोधन गर्नेछन् । त्यसपछि धनगढी पुगेर प्रदेश सभाको बैठकलाई पनि सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री सम्बोधन गर्ने बैठकका लागि सबै प्रबन्ध मिलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

त्यसपछि भने धनगढी उपमहानगरपालिका-८ मा निर्माण गरिएको सिटी हल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?