
काठमाडौं । अष्ट्रेलियाको ग्रानभिल पार्कमा नेपालीहरुले ‘होली हंगामा’ कार्यक्रम आयोजना गर्ने भएका छन् । एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा) को आयोजनामा मार्च १५ तारिख अर्थात शनिबार हुने छ ।
कार्यक्रममा नेपाल तथा अस्ट्रेलियाका चर्चित कलाकारहरुको प्रस्तुति रहने एन्टाका अध्यक्ष रन्जित शाहले बताए । उनका अनुसार यो कार्यक्रममा निःशल्क प्रवेशको व्यवस्था छ ।
यो कार्यक्रमबाट नेपालीहरुबीच भेटघाट गरी रमाइलो गर्ने, आत्मियता बढाउने र सँस्कृतिको जगेर्ना हुने आयोजकको विश्वास छ ।
कार्यक्रममा गायक सुदीन पोखरेल, सोभित बस्नेत, आरीफ रौफ, शुसान्त गौतम, सन्ध्या जोशी, उल्सन श्रेष्ठ, समय ब्यान्ड, डीजे नटकेस, मानस राज, जेनिशा गौतम लगायतको प्रस्तुति रहने एन्टाका महासचिव विकास झाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4