+
+
Shares

एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २५ गते १०:२८

२५ फागुन, काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द घिमिरे नियुक्त भएका छन् ।

बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आगामी वैशाख १० गतेदेखि लागु हुनेगरी घिमिरेलाई सीईओमा नियुक्त गरेको हो । हाल घिमिरे सोही बैंकको नायब प्रमुख कार्यकारी अधिकृत रहँदै आएका छन् ।

हालका सीईओ सुनिल केसीले वैशाख ९ गतेसम्म कार्यकाल सम्हाल्नेछन् । साथै बैंकले हालका नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई वरिष्ठ नायब प्रमुख कार्यकारीमा नियुक्त गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?