+
+
Shares

टेकुको ढलमा खसेका पुरुषको उद्धार

टेकुस्थित कनक पेट्रोल पम्प नजिकको ढलभित्र छिरेका पुरुषलाई विपद् व्यवस्थापन महाशाखा सामाखुसीको टोलीले उद्धार गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २५ गते १२:०९

२५ फागनु, काठमाडौं । काठमाडौं महानगरपालिका–२ टेकुस्थित ढलभित्र छिरेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ ।

टेकुस्थित कनक पेट्रोल पम्प नजिकको ढलभित्र छिरेका पुरुषलाई विपद् व्यवस्थापन महाशाखा सामाखुसीको टोलीले उद्धार गरेको हो ।

उद्धार गरिएका व्यक्तिको वतन खुल्न बाँकी रहेको प्रहरी वृत्त कालिमाटीका डीएसपी रुपेश खड्काले बताए ।

उद्धार गरिएका व्यक्ति अन्दाजी ३१/३२ वर्षका पुरुष रहेको प्रहरीको भनाइ छ ।

आइतबार बिहान ६ः४५ बजे उनी ढलमा खसेका थिए । ढलमा खसेको जानकारी पाउनसाथ प्रहरीको विपद् व्यवस्थापनको टोलीले उद्धार गरेको हो ।

प्रहरीका अनुसार उद्धार गरिएका व्यक्ति सुस्त मनस्थितीको रहेका छन् ।

उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?