+
+
Shares

मोटरसाइकल दुर्घटना हुँदा कांग्रेस जिल्ला सदस्य पौडेलको मृत्यु   

पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ५२ वर्षीय पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।    

रासस रासस
२०८१ फागुन २५ गते ११:४३

२५ फागुन, तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीमा शनिबार राति मोटरसाइकल दुर्घटना नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य बालकृष्ण पौडेलको मृत्यु भएको छ ।

पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ५२ वर्षीय पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका पौडेललाई उपचरका लागि जिपी कोइराला अस्पताल पुर्‍याइएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका थिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?