+
+
Shares

सीके राउत नेतृत्वको जनमतले केन्द्रीय समितिको मुखमा हटायो २ केन्द्रीय नेता

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २५ गते १२:५३
कोषाध्यक्ष सुरेन्द्र नारायण यादव (बायाँ) र अनुशासन समितिका केन्द्रीय संयोजक दीपक साह ।

२५ फागुन, काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समितिको बैठक अघि अनुशासन समितिको संयोजक र कोषाध्यक्षलाई पदबाट हटाएको छ ।

अनुशासन समितिका केन्द्रीय संयोजक दीपक साह र कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई पदबाट निलम्बन हो ।

अनुशासन समितिका संयोजक साहलाई पहिले हटाइएको हुँदा कोषाध्यक्षलाई अनुशासन समिति सदस्य अनिता कुमारी मण्डलले हटाएकी हुन् ।

अनुशासन समितिका संयोजक साह महोत्तरीको बर्दिबासमा रहेर पनि केन्द्रीय समितिको बैठकमा सहभागी हुन पाएका छैनन् । जनमतको केन्द्रीय समितिको बैठक आजदेखि बर्दिबासमा सुरु भएको छ । साहले अनलाइनखबरसँग भने, ‘म बर्दिबासमा छु । केन्द्रीय समितिको बैठकमा सहभागी हुन पाएको छैन । डा. साब (सीके राउत) को मनमा के हुन्छ ? मैले के भन्नु र ?’

जनमतका प्रवक्ता डा. शरदसिंह यादवका अनुसार अनुशासन समितिको संयोजकलाई एक साताअघि नै निलम्बन गरिएको हो । केन्द्रीय कोषाध्यक्ष यादवलाई हटाउँदा चार बुँदेमा आर्थिक अनियमितता र निर्वाचनमा पार्टी अध्यक्षलाई हराउन भूमिका खेलेको आरोप लगाइएको छ । पार्टीको जानकारी र अनुमतिबिना गैरआवासीय मधेशी संघमा आबद्ध रहेका विदेशमा बस्दै आएका ६० जनाभन्दा बढी कार्यकर्ता रकम उठाएको उनलाई आरोप लगाइएको छ ।

गत निर्वाचनमा उपल्लो तहका नेता कार्यकर्ताहरूलाई भड्काएर, निष्क्रिय बनाउन लगाइ अध्यक्ष राउत हराउने गरी कोषाध्यक्ष यादवले भूमिका खेलेकोले निलम्बन गरिएको पत्रमा उल्लेख छ ।

कोषाध्यक्षमा निलम्बनमा परेका यादवले भने विदेशबाट रोजगारी छोडेर पार्टीका लागि स्वदेश फर्किएको बताए । ‘कसैको पैसा खान मलाई जरुरी छैन । आफैं सक्षम छु । अहिले इमेज खराब गराइदिने काम अध्यक्ष स्वयंले गर्नुभयो’, यादवले भने ।

अध्यक्ष राउतले साइड लगाउने काम निरन्तर गरिरहेको उनको भनाइ छ । ‘पार्टीको लागि सन् २०१० देखि पाँच करोड सहयोग गरें । आफ्नो दाइ जयकान्त राउतलाई सबै ठाउँमा स्थान दिन मलाई साइड लगाउनुभयो,’ यादवले भने, ‘पद अनुसारको भूमिका खोज्न थालेपछि मलाई हटाउनु भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?