+

महिनावारी कप गुप्तांगमा अड्किए के गर्ने ?

२०८१ फागुन  २५ गते १३:२२ २०८१ फागुन २५ गते १३:२२
Shares
महिनावारी कप गुप्तांगमा अड्किए के गर्ने ?

अहिले महिनावारीको रक्तश्राव रोक्ने प्याड बाहेकका अन्य साधन पनि छन् । जसले महिनावारी सहज बनाएको छ । जसमध्ये एक हो, महिनावारी कप । यो पुनःप्रयोग गर्न मिल्छ । प्याडले जस्तो काँछ पाच्ने पनि गर्दैन । लगाउन सहज पनि छ । जसकारण यो साधनको प्रयोगकर्ता बढिरहेका छन् ।

यसको प्रयोग गर्दा गुप्तांगमा अड्किन सक्ने डरले कतिपय महिलाहरू यो लगाउन संकोच मान्छन् ।

यदि महिनावारी कप अड्कियो भने लाज मानेर आत्तिएर बस्नु हुँदैन। यो समस्याबाट उम्किन सकिन्छ । मात्र, यो प्रविधिबारे सही जानकारी हुनुपर्छ । ताकि, दोहोर्‍याएर यो समस्या नहोस् ।

योनीमा कप अड्किएमा के गर्ने त ?

महिनावारी कप रबर वा सिलिकनले बनेको लचिलो र सी सेपको हुन्छ । जसलाई योनीमा राख्नुपर्छ । ताकि, रगत बाहिर नबगोस् । यस्तोमा कप निकाल्न खोज्दा आएन भने डराउन हुँदैन । डराउँदा मांसपेशी कसिलो हुन्छ ।

सबैभन्दा पहिला आफू शान्त रहनुपर्छ । शान्त रहेमा मांसपेशी पनि खुकुलो हुँदै आउँछ । र, अड्किएको कप निकाल्न सहज हुन्छ ।

ढाड सिधा पारेर दुई खुट्टा जमिनमा आरामले राखेर बस्नुपर्छ । यसले योनीको मांसपेशी खुकुलो रहन्छ । यसरी बसेर विस्तारै हातको औलांले बाहिर देखिने कपको मुनिको भाग खोज्न प्रयास गर्नुपर्छ ।

औँलाले भेट्न सकिएन भने थोरै बल लगाएर कपको पुच्छर हल्का बंग्याएर तान्दा निस्किन्छ ।

सो महिनावारी कप बाहिर आएपछि कप र गुप्तांग राम्रोसँग सफा गर्नुपर्छ । यदि सफा हुन पाएन भने संक्रमणको जोखिम हुन्छ । यति गर्दा पनि निस्किएन भने अस्पताल जानु उचित हुन्छ ।

योनीमा महिनावारीको कप कति बेला अड्किन्छ ?

महिनावारी कप फरक-फरक आकारप्रकारमा आउँछ । यसको आकार महिलाको उमेर, पाठेघरको लम्बाई र प्रवाहको हिसाबले तय हुन्छ ।

कहिलेकाहीँ गलत साइजको कप प्रयोगले पनि गुप्तांगमा अड्किएको अनुभव हुनसक्छ ।

कपको पुच्छरको भाग माथि फर्किएर औंलाले भेट्न नसकेको खण्डमा पनि अड्किएको भनेर बुझिन्छ ।

कहिलेकाहीँ थोरै रगत बगेका बेलामा हालेको बिर्सिन पनि सक्छ । जुन याद गर्नुपर्छ ।

कतिपय महिलाले यसलाई प्रयोग पछि निकाल्न कलमको पनि मद्दत लिएको पाइन्छ । जुन गलत हो ।

यसरी निकाल्न खोज्दा योनीमा चोटपटक लाग्ने र संक्रमण हुने जोखिम रहन्छ ।

महिनावारी कप अड्किन नदिन के गर्ने ?

-सही आकार छनौंट गर्ने ।

-महिनावारी कपको बक्समा लेखिएको निर्देशिका पढेर मात्र प्रयोग गर्ने ।

-कप लगाए पछि कुनै खालको हेरफेर वा सम्भोग नगर्ने ।

-कपलाई रगडेर धेरै भित्र नलाने । यसलाई आरामसँग फिट हुने ठाउँमा राख्नुपर्छ ।

महिनावारी कप
डा. कुमकुम झा
लेखक
डा. कुमकुम झा
स्त्री तथा प्रसूतिरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३५२६ अध्ययन : एमबीबीएस, एमडी र एमएस हाल काठमाडौं थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल र त्रिपुरेश्वरस्थित ब्लुबर्ड इन्टरनेसनल अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय