२५ फागुन, काठमाडौं । आइतबारदेखि लुम्बिनी प्रदेशमा सुरु भएको पीएम कप पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा एपीएफ र बागमती प्रदेश खेलिरहेका छन् ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफ १७४ रनमा अलआउट भएको छ । ४४ ओभरमा एपीएफ १७४ रनमा समेटिएको हो ।
एपीएफका लागि सन्दीप जोराले सर्वाधिक ३७ रन बनाए । अमरसिंह राउटेला २६ रनमा अविजित रहे । दिपक बोहराले २५ रन बनाए ।
बागमतीका लागि रिजन ढकालले ८ ओभरमा ३० रन दिएर ५ विकेट लिए । नन्दन यादवले ३ तथा सुर्य तामाङले २ विकेट लिए ।
प्रतिक्रिया 4