+
+
Shares

५८ घण्टासम्म चुम्बन गर्ने कीर्तिमानी जोडीको डिभोर्स !

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २५ गते १५:४७

काठमाडौं । चुम्बन प्रेमको प्रतिक हो, गहन तथा पवित्र प्रेम प्रकट गर्नु हो । तर, सबै चुम्बनहरु चीरस्थायी प्रेमको अभिव्यक्ति नहुँदा रहेछन् ।

कतिपय चुम्बनहरु केवल दुनियाँलाई देखाउन तथा नाम लेखाउनका लागि मात्रै पनि हुँदा रहेछन् । चुम्बन गरेरै किर्तिमान कायम गएको एउटा जोडीको सम्बन्धबिच्छेदले यहीँ तथ्यलाई प्रमाणित गरेको छ ।

सोसल मिडियामा अहिले एक चर्चित दम्पतीको डिभोर्सको समाचार चर्चामा छ । उनीहरुको डिभोर्स चर्चामा हुनुका कारण चाहीँ १२ वर्षअघि त्यो जोडीले राखेको कीर्तिमान हो, जुन अहिलेसम्म पनि भङ्ग भएको छैन ।

थाइल्याण्डका एक्काचाई तिरानारात र उनकी पत्नी लकसानाले सन् २०१३ मा लगातार ५८ घण्टा ३५ मिनेटसम्म चुम्बन गरेर गिनिज बुकमा नाम लेखाएका थिए । तर चुम्बन गरेर रेकर्ड कायम गरेका उनीहरुको सम्बन्ध टुक्रिएको छ ।

बीबीसीसँगको कुराकानीमा एक्काचाईले आफ्नी पत्नी लकसानासँग डिभोर्स भएको पुष्टि गरेका छन् । तर, आफ्नी पूर्वपत्नीसँगको उक्त कीर्तिमानी चुम्बनलाई उनले जीवनको सबैभन्दा गर्विलो पल बताएका छन् ।

After winning in 2011 - and then being usurped in 2012 - the couple trained hard for the 2013 longest kiss competition

उनी भन्छन् , ‘म निकै गर्व महसुस गर्दछु । यो जीवनमा एकपटकको अनुभव थियो । हामीले लामो समय सँगै बिताएका छौँ र म ती सुन्दर पलहरुलाई सम्झनामा राख्न चाहन्छु।’

एक्काचाई र लकसानाले विवाहित जोडीको सबैभन्दा लामो चुम्बनको किर्तिमान कायम गर्नका लागि निकै कडा नियमको सामना गर्नु परेको थियो । बाथरुम जानका लागि पाएको खाली समयमा पनि उनीहरुले चुम्बनलाई जारी राखेका थिए । आफ्नो अनुभवका बारेमा बताउँदै उनी भन्छन्, ‘त्यससमय आफूलाई जागा राख्नका लागि एक अर्काको टाउको थपथपायौँ। हामी मूर्तिजस्तै सिधा उभियौँ र पानी पनि एक अर्काको मूखका माध्यमबाट खायौँ।’

रोचक त के भने त्यसअघि सन् २०११ पनि उक्त जोडीले ४६ घण्टा २४ मिनेटसम्म लगातार चुम्बन गरेर रेकर्ड कायम गरेको थियो । त्यसको दुई वर्षपछि उनीहरुले आफ्नै किर्तिमान भङ्ग गरेका थिए । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?