+

वुमन्स डे कप : नेपालद्वारा युगाण्डा १ विकेटले पराजित

२०८१ फागुन  २५ गते १५:५६ २०८१ फागुन २५ गते १५:५६
वुमन्स डे कप : नेपालद्वारा युगाण्डा १ विकेटले पराजित

२५ फागुन, काठमाडौं । युगाण्डामा जारी वुमन्स डे कप टी-२०आई प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले रोमाञ्चक जित निकालेको छ । नेपालले घरेलु टोली युगाण्डालाई १ विकेटले हराएको हो ।

युगाण्डाले दिएको ७६ रनको लक्ष्य नेपालले १ बल बाँकी छँदा ९ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि सना प्रवीनले १७ तथा पुजा महतोले १६ रन बनाइन् ।

कुनै समय ३९-२ को अवस्थामा रहेको नेपालले त्यसपछि ५०-४, ५६-५, ६८-६, ६९-७, ६९-८ हुँदै ६९ रनमै ९ विकेट गुमाएको थियो । अन्तिम ओभरमा ६ रन आवश्यक रहँदा रिया शर्मा र ईश्वरी विष्टले रन जोड्दै जित दिलाए ।

युगाण्डाका लागि कप्तान जानेत बाबजीले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिइन् भने सारा वालाजाले २ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युगाण्डाले नेपालसामू ७६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । युगाण्डाले २० ओभरमा ७ विकेट गुमाएर ७५ रन बनाएको हो ।

नेपालका लागि पुजा महतोले ४ ओभरमा १४ रन दिएर ३ विकेट लिइन् । कप्तान इन्दु बर्माले ४ ओभरमा ८ रन दिएर २ विकेट लिइन् ।

यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो ।

वुमन्स डे कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय