२५ फागुन, काठमाडौं । आइतबारदेखि लुम्बिनी प्रदेशमा सुरु भएको पीएम कप पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा एपीएफ क्लबले विजयी सुरुवात गरेको छ ।
एपीएफले बागमतीलाई १०० रनले हराएको हो । एपीएफले दिएको १७५ रनको लक्ष्य पछ्याएको बागमती २८.२ ओभरमा ७४ रनमा अलआउट भएको हो । बागमतीका लागि शुभ कंसाकारले सर्वाधिक १६ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउनै सकेनन् ।
एपीएफका लागि कमलसिंह ऐरीले ८.२ ओभरमा २७ रन दिएर ४ विकेट लिए । रोहित पौडेल र अमरसिंह राउटेलाले २-२ तथा अविनाश बोहराले १ विकेट लिए ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफ ४४ ओभरमा १७४ रनमा अलआउट भएको थियो । एपीएफका लागि सन्दीप जोराले सर्वाधिक ३७ रन बनाए । अमरसिंह राउटेला २६ रनमा अविजित रहे । दिपक बोहराले २५ रन बनाए ।
बागमतीका लागि रिजन ढकालले ८ ओभरमा ३० रन दिएर ५ विकेट लिए । नन्दन यादवले ३ तथा सुर्य तामाङले २ विकेट लिए ।
प्रतिक्रिया 4