+
+
Shares

अमेरिकाबाट फर्काइएका नेपालीको संख्या ३८ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २५ गते १६:१६

२५ फागुन, काठमाडौं । अमेरिकाबाट फर्काइएका नेपालीको संख्या ३८ पुगेको छ ।

२२ फागुनमा आठ जनालाई नेपाल फर्काउँदा डिपोर्ट हुने नेपालीको संख्या ३५ पुगेको थियो । त्यसयता थप ३ जनाको डीपोर्ट भएको अध्यागमनको रिपोर्ट छ ।

यता, मानव बेचबखिन अनुसन्धान ब्यूरोको टोलीले पनि २० जनवरीयता अमेरिकाबाट नेपाल डिपोर्ट हुनेको संख्या ३८ पुगेको बताएको छ ।

ब्यूरोका एसएसपी दीपेन्द्र जिसीले ३८ नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेको बताएका छन् ।

अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा चुनिएपछि गैह्रकानूनी रुपमा अमेरिकामा बसोबसा गर्दै आएकाहरुर धमाधम डिपोर्ट हुन थालेका छन् । २२ फागुनमा मात्रै आठ नेपालीलाई चाटर्ड विमानमार्फत हत्कडी र नेल लगाएर काठमाडौं फिर्ता गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?