+
+
Shares

काठमाडौं आइपुगे पूर्वराजा ज्ञानेन्द्र, विमानस्थलको मुख्यद्वारमा समर्थकको स्वागत

विमानस्थलबाट बाहिरिने क्रममा पूर्वराजा ज्ञानेन्द्रले विमानस्थलको मुख्यद्वारमा स्वागत गर्न जम्मा भएका समर्थकलाई अभिवादन गरेका छन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८१ फागुन २५ गते १६:३४
विमानस्थलबाट बाहिरिने क्रममा उनले विमानस्थलको मुख्यद्वारमा स्वागत गर्न जम्मा भएका समर्थकलाई अभिवादन गर्दै पूर्वराजा ज्ञानेन्द्र । तस्वीर : चन्द्र आलेमगर/अनलाइनखबर ।

२५ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् ।

पोखराबाट आइतबार दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

विमानस्थलबाट बाहिरिने क्रममा उनले विमानस्थलको मुख्यद्वारमा स्वागत गर्न जम्मा भएका समर्थकलाई अभिवादन गरेका छन् ।

पूर्वराजालाई स्वागत गर्न ठूलो संख्यमा उनका समर्थक विमानस्थलको मुख्यद्वार अगाडि भेला भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालगायतका नेता उनलाई स्वागत गर्न भेला भएका छन् ।

विमानस्थलबाट बाहिरिने क्रममा विमानस्थलको मुख्यद्वारमा स्वागत गर्न जम्मा भएका समर्थकलाई अभिवादन गर्दै पूर्वराजा ज्ञानेन्द्र । तस्वीर : चन्द्र आलेमगर/अनलाइनखबर ।
विमानस्थलबाट बाहिरिने क्रममा विमानस्थलको मुख्यद्वारमा स्वागत गर्न जम्मा भएका समर्थकलाई अभिवादन गर्दै पूर्वराजा ज्ञानेन्द्र । तस्वीर : चन्द्र आलेमगर/अनलाइनखबर ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?