+
+
Shares

पलाउमा मानव तस्करी, २० नेपालीको थाइल्यान्डबाट उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २५ गते १६:४७

२५ फागुन, काठमाडौं । मानव तस्करीको नयाँ गन्तव्यका रुपमा पलाउ पर्न थालेको पर्न थालेको छ ।

पलाउ हिँडेका २० नेपालीको उद्धार गरेपछि मानव तस्करले पलाउ प्रलोभन देखाएर तस्करी गर्न थालेको मानव बेचबिखन अनुसन्धान ब्यूरोको विश्लेषण छ ।

ओसियानी महादेशमा पर्ने पलाउमा रोजगारी भन्दै विभिन्न एजेन्टहरुले प्रलोभनमा पारेर थाइल्याण्डसम्म पुर्‍याएर अलपत्र पारेको ब्यूरोका एसपी तथा प्रवक्ता नरेन्द्र कुँवरले बताए ।

पलाउमा घण्टाको ९ डलरसम्म कमाई हुन्छ भन्दै २० जनाको डिमान्ड आएको भनेर प्रलोभनमा पारिएको प्रहरीको भनाइ छ । होटल तथा इलेक्ट्रिसियनमा काम गर्ने भन्भ्दै ह्वाट्स एपमार्फत कुराकानी गरिएको थियो । पलाउ देशको कार्ड बनाउन भन्दै ४ लाख समेत लिएको खुलेको एसपी कुँवरले बताए ।

एक महिना थाइल्याण्डमा इंग्लिस हस्पिटालिटीमा तालिम लिनुपर्ने र नेपाल फर्केर श्रम गरेर पलाउ जाने भन्दै थप ३–४ लाख रुपैयाँसम्म असुलिएको ब्यूरोको दाबी छ ।

त्यसपछि काठमाडौंबाट दिल्ली हुँदै थाइल्याण्ड पुर्‍याएको र १२–१३ दिनसम्म राखेको ब्यूरोले जनाएको छ । त्यसपछि यसका एजेन्ट मोहन खड्का नेपाल फर्केको एसपी कुँवर बताउँछन् ।

थाइल्याण्डमा ४० दिनसम्म राख्दा पनि कुनै तालिम नै नगराएको दिव्य र लेक निरौला नाम गरेका एजेन्टले उल्टै यातना दिने गरेको प्रहरीको भनाइ छ । पछि थाइल्याण्ड दूतावासमा सम्पर्क गरी उनीहरु २३ फागुनमा कामठामाडौं फिर्ता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?