+
+
Shares

पूर्वराजाको स्वागतमा देखियो उदेकलाग्दो दृश्य

आदित्यनाथको तस्वीर मुन्तिर ‘राजसंस्था पुनर्स्थापना गरौं’ लेखिएको छ । भारतका नेताको तस्वीर राखेर नेपालमा राष्ट्रवादी अभियान चलाउनु उदेकलाग्दो भएको भनी सामाजिक सन्जालमा प्रतिक्रिया व्याप्त छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २५ गते १६:५२

२५ फागुन, काठमाडौं । पोखरा बसेर फर्केका पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौं विमानस्थल आगमन क्रममा अनौठो दृश्य देखिएको छ ।

राजा र राष्ट्रियताको नाममा अभियान चलाउँदै आइतबार विमानस्थलतर्फ गएका राजावादी समर्थकले भारत उत्तर प्रदेशका मुख्यमन्त्री तथा भाजपा नेता योगी आदित्यनाथको तस्वीर बोकेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रको ठूलो तस्वीरकै साइजमा अर्को तस्वीर बोकेर समर्थकहरु हिँडेको देखिन्छ, जहाँ भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ फ्रेममा अटाइएका छन् ।

विमानस्थलबाट बाहिरिने क्रममा उनले विमानस्थलको मुख्यद्वारमा स्वागत गर्न जम्मा भएका समर्थकलाई अभिवादन गर्दै पूर्वराजा ज्ञानेन्द्र । तस्वीर : चन्द्र आलेमगर/अनलाइनखबर ।

आदित्यनाथको तस्वीर मुन्तिर ‘राजसंस्था पुनर्स्थापना गरौं’ लेखिएको छ । भारतका नेताको तस्वीर राखेर नेपालमा राष्ट्रवादी अभियान चलाउनु उदेकलाग्दो भएको भनी सामाजिक सन्जालमा प्रतिक्रिया व्याप्त छन् ।

राजा फर्काउने अभियानको ब्यानरमा हिन्दूवादी प्रदीपविक्रम राणाको नाम लेखिएको छ । ज्ञानेन्द्रले केही समयअघि आदित्यनाथलाई लखनऊमा भेटेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?