+
+
Shares

काठमाडौंको सिफलमा आईटी फेयर, २९ कम्पनीको प्रदर्शनी

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २५ गते १२:२०

काठमाडौं । काठमाडौंको सिफलमा आईटी फेयर २०२५ कार्यक्रम आयोजना भएको छ ।

आईटी विषय अध्ययन गरेर रोजगारीको खोजीमा रहेकादेखि पढ्दै गरेका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको फेयरमा आईटी क्षेत्रका विभिन्न २९ कम्पनीको सहभागिता रहेको छ ।

तीन हजार बढीले फेयरकव अवलोकन गरेका छन् । सहभागी कम्पनीहरूले इन्टर्नसिपका साथै पूर्णकालीन र आंशिक जागिरका लागि आवदेनहरू लिएका छन् ।

डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीको आयोजनामा आईटी फेयर सञ्चालन भएको हो ।

फेयरका कार्यक्रम संयोजक श्यामसुन्दर खतिवडाका अनुसार फेयरमार्फत रोजगारदातालाई जोड्ने काम हुने बताए । फेयरले आईटी क्षेत्रलाई योग्य जनशक्तिको छनोटमा सघाउने काम भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?