+
+
Shares

बाख्रा जोगाउन खोज्दा करेन्ट लागेर युवतीको मृत्यु

चराउने क्रममा हराएको बाख्रा बिजुलीको पोलछाउमा लडिरहेको देखेपछि तान्न खोज्दा युवतीलाई करेन्ट लागेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २५ गते १७:२६

२५ फागुन, विराटनगर । मोरङको मिक्लाजुङमा बाख्रा खोज्ने क्रममा करेन्ट लागेर युवतीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आइतबार करेन्ट लागेर मिक्लाजुङ गाउँपालिका–१ चित्रेकी १८ वर्षीया अनामिका राईको मृत्यु भएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार चराउने क्रममा हराएका बाख्रा खोज्दै जाँदा बिजुलीको पोलछेउमा लडिरहेको देखेपछि तान्न लाग्दा युवतीलाई करेन्ट लागेको थियो ।

अनामिकालाई दिउँसो १ः३० बजेतिर करेन्ट लागेको र लागेर घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेपछि उनलाई जोगाउन हजुरबुवा धनवीर पनि पुगेका थिए । नातिनीलाई जोगाउन खोज्दा उनलाई पनि करेन्ट लागेको छ । उनको अवस्था भने सामान्य छ ।

प्रहरीका अनुसार राईको खेतबारी हुँदै लगिएको बिजुलीको पोलको ‘ब्यारेल’ भाँचिएर पोलबाट विद्युत ‘लिक’ भएको थियो । पोलबाट ‘लिक’ भएको करेन्टले बाख्रा मरेको थियो । सोही बाख्रालाई तान्ने क्रममा युवतीको पनि मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?