२५ फागुन, काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले २५२ रनको लक्ष्य पाएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियमा भइरहेको फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले भारतसामू २५२ रनको लक्ष्य प्रस्तुत गरेको छ । न्युजिल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर २५१ रन बनायो ।
डारिल मिचेलले सर्वाधिक ६३ रन बनाए । माइकल ब्रेसवेल ५३ रनमा अविजित रहे । रचिन रविन्द्रले ३७ र ग्लेन फिलिप्सले ३४ रन बनाए ।
भारतका लागि वरुण चक्रवर्ती र कूलदीप यादवले २-२ तथा मोहम्मद शामी र रविन्द्र जडेजाले १-१ विकेट लिए ।
प्रतिक्रिया 4