+
+
Shares

३० लाख ठगीका २ आरोपित समातिए

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २५ गते १८:२६

२५ फागनु, काठमाडौं । ३० लाख रुपैयाँ ठगीका दुई आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुल्मीको कालिगण्डकी गाउँपालिका–६ घर भएका ३२ वर्षीय समुन्द्र श्रेष्ठ र सोही ठाउँका ३४ वर्षीय सन्देश छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार ललितपुरको बागडोलबाट पक्राउ गरेको हो ।

उनीहरुले ३० लाख रुपैयाँ ठगी गरेको आरोप छ । ठगीको कसुरमा उनीहरुविरुद्ध भक्तपुर जिल्ला अदालतबाट गत २२ मंसिरमा पक्राउ पूर्जी समेत जारी भएको थियो । पक्राउ परेकाहरुलाई कारबाहीका लाथि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

पक्राउ परेका समुन्द्र सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा फरार व्यक्ति रहेको खुलेको प्रहरीको भनाइ छ । उनीविरुद्ध भक्तपुर र प्रहरी वृत्त लैनचौरमा समेत बैंकिङ कसुुरको मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?