२५ फागुन, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगको उद्घाटन खेलमा च्यासल युथ क्लब र वीरगंज युनाइटेडले बराबरी खेलेका छन् ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा च्यासल र वीरगंजले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । दुवैले समान एक अंक पाए ।
दुवै टोलीले गोल गर्ने केही मौका पाएपनि सदुपयोग गर्न नसक्दा बराबरीमा चित्त बुझाए ।
तीन वर्षपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बी डिभिजन लिग आयोजना गरेको हो । लिगमा च्यासल र वीरगंज युनाइटेडसहित कूल १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
लिग अन्तर्गत सोमबारदेखिको खेल भने सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । सोमबार दुई खेल हुनेछ । पहिलो खेल झापा फुटबल क्लब र प्लानिङ ब्वाइज युनाइटेडबीच १२:३० बजे सुरु हुनेछ भने ब्रिगेड ब्वाइज क्लब र श्री कुमारी क्लबबीच साढे ३ बजे दोस्रो खेल हुनेछ ।
प्रतिक्रिया 4