२५ फागुन, बुटवल । रुपन्देहीको पुरानो र प्रतिष्ठित फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकपको २३औं संस्करण आगामी चैत ९ गतेदेखि सुरु हुने भएको छ ।
जिल्ला फुटबल संघ रूपन्देहीले आईतबार गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्डकपमध्येको एकमा पर्ने तिलोत्तमा गोल्डकपको तयारी पूरा भएको बताए ।
प्रतियोगितामा नेपालका तीन विभागीय टोली र भारतको एक सहित ८ टीमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २ सय २२ रुपैयाँ, उपविजेता टिमले ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैयाँ नगद पुरस्कार पाउने अध्यक्ष पुनले बताए ।
यसैगरि विधागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही नगद ३१ हजार तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाईकल उपहार प्रदान गरिनेछ । प्रत्येक खेलको म्यान अफ दी म्याचलाई नगद ११ हजार १ सय ११ रुपैयाबाट पुरस्कृत गरिने प्रतियोगिताका सह संयोजक सुजन पुनले बताए ।
प्रतियोगितामा रुपन्देही–११, संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्वाईज युनाइटेड, त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब, एपीएफ क्लब, एडोर्न गडवाल स्पोर्टिङ क्लब भारतले प्रतिश्पर्धा गरेछन् ।
पत्रकार सम्मेलनमा नगरप्रमुख खेलराज पाण्डेयले प्रतियोगिताका लागि उपमहानगरले ४० लाख रुपैयाँ विनियोजन गरेको बताए ।
चैत १६ गतेसम्म संचालन हुने प्रतियोगितामा १ करोड ८ लाख रुपैया ८८ हजार रुपैया खर्च हुने अनुमान रहेको छ । प्रतियोगिताको सबै नगद पुरस्कार यशोदा फुड्स र त्रिमूर्ति इन्डस्ट्री रूपन्देहीले प्रायोजन गरेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4