+

हेटौंडा भेट्रान्स फुटबल : उपाधि होडमा किङकम र फ्रिडम फाइटर

२०८१ फागुन  २५ गते २०:०७ २०८१ फागुन २५ गते २०:०७
हेटौंडा भेट्रान्स फुटबल : उपाधि होडमा किङकम र फ्रिडम फाइटर

२५ फागुन, हेटौंडा। हेटौंडामा जारी दशौं राष्ट्रिय हेटौंडा भेट्रान्स फुटबल कपको उपाधि होडमा फ्रिडम फाइटर भेट्रान्स र किङकम भेट्रान्स पुगेका छन् ।

हेटौंडा उपमहानगरपालिका-४, स्थित हुप्रचौरमा आइतबार भएको सेमिफाइनल खेलमा फ्रिडम फाइटर भेट्रान्सले बानेश्वर फ्रेण्डसिप भेट्रान्सलाई १-० गोलले पराजित गरेकाे छ । फ्रिडम फाइटरका कृष्ण मालाकारले खेलको ६औं मिनेटमा निर्णायक गोल गरे । मालाकार खेलमा म्यान अफ दी म्याच घोषित भए ।

किङकम भेट्रान्सले आयोजक हेटौंडा भेट्रान्स क्लबलाई ५-३ गोल हराउँदै फाइनल यात्रा तय गरेको छ । किङकम भेट्रान्सका लागि किशोर नेपालीले १२औं, ४२औं र ४४औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका छन्। उनी खेलको म्यान अफ दी म्याच पनि चुनिए। किङकमकै लागि खेलको ७औं मिनेटमा सरोज थापा र २८औं मिनेटमा निरज सिंह बस्नेतले एक-एक गोल गरे ।

आयाेजक हेटौंडा भेट्रान्सको तर्फबाट खेलको ३१औं मिनेटमा प्रकाश महर्जन र दीपक लामाले ३७औं र ४१औं मिनेटमा दुई गोल गरे पनि हारलाई टार्न सकेनन् । प्रतियोगिताको फाइनल खेल सोमबार दिउसो हुने प्रतियोगिताका संयोजक मणिराज गौतमले जानकारी दिए ।

प्रतियोगिताकाे विजेताले एक लाख ५० हजार ५ सय ५५ र उपविजेताले ७५ हजार ५ सय ५५ प्राप्त गर्नेछ । विधागत पुरस्कारतर्फ उत्कृष्ट फरवार्ड, गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकले जनही ५ हजार पाउने छन् । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी हुनेले १० हजार नगदसहित पुरस्कार पाउने आयोजकले जनाएको छ ।

हेटौंडा भेट्रान्स फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय