+
+
Shares

सरकारी लेटरप्याड दुरुपयोगमा पोर्चुगलका नेपाल पर्यटन प्रवर्द्धकलाई सोधियो स्पष्टीकरण

बास्तोलाले आफ्नो फेसबुक पेजमा २४ फागुनमा ‘श्री ५ महाराजाधिराज सरकारको शुभकामना सन्देशको स्वागत तथा ऐक्यबद्धता’ विषयक पत्र सार्वजनिक गरी पदीय जिम्मेवारी विपरीत सरकारी लोगो तथा लेटरप्याड दुरुपयोग गरेको पर्यटन मन्त्रालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २५ गते १४:२६

२५ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले युरोपेली देश पोर्चुगलको लिजवन सहरका लागि नेपालका पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलाई उक्त जिम्मेवारीबाट किन नहटाउने भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

बास्तोलाले आफ्नो फेसबुक पेजमा २४ फागुनमा ‘श्री ५ महाराजाधिराज सरकारको शुभकामना सन्देशको स्वागत तथा ऐक्यबद्धता’ विषयक पत्र सार्वजनिक गरी पदीय जिम्मेवारी विपरीत कार्य गर्नुका साथै सरकारी लोगो तथा लेटरप्याड समेत दुरुपयोग गरेपछि पर्यटन मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको हो ।

पर्यटन मन्त्रालयका अनुसार उक्त विषयमा बास्तोलाले गैरजिम्मेवारपूर्ण कार्य गरेबापत पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि २०७९ को दफा ५ बमोजिम उनलाई पर्यटन प्रवर्द्धकको जिम्मेवारीबाट तत्काल नहटाउनुपर्ने कुनै कारण भए २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?