+
+
Shares

राप्रपालाई काठमाडौं महानगरले गर्‍यो एक लाख जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २५ गते २१:५१

२५ फागुन, काठमाडौं। काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सडकमा फोहोर र विरूवामा क्षति गरेको भन्‍दै एक लाख रुपैयाँ जरिवाना गरेको छ।
आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने क्रममा महानगर क्षेत्र फोहोर बनाएको र भौतिक क्षति भएको भन्दै महानगरले पार्टीलाई एक लाख जरिवाना गरेको हो।

महानगरले आइतबार काटेको पत्रमा भनिएको छ, ‘ प्रस्तुत विषयमा मिति २०८१ फागुन २५ गते ताहाँ पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडक पेटी तथा आईल्याण्ड र सोमा रहेका बिरुवाहरु साथै रेलिङमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरी वातावरण प्रदुषण गरेकोले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु. १००,०००/०० (अक्षरुपी एक लाख जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ।’

पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिइएको छ।

हेर्नुहोस् महानगरको पत्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?