+

पीएम कप क्रिकेटमा आज पनि तीन खेल हुँदै

२०८१ फागुन  २६ गते ७:५७ २०८१ फागुन २६ गते ७:५७
पीएम कप क्रिकेटमा आज पनि तीन खेल हुँदै

२६ फागुन, काठमाडौं । आइतबारदेखि लुम्बिनी प्रदेशमा सुरु भएको प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि तीन खेलहरू हुँदैछन् ।

सिदार्थ रंगशालामा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश, एक्स्ट्राटेक ओभल मैदानमा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब तथा देउखुरीमा गण्डकी र सुदूरपश्चिम प्रदेश खेल्ने छन् । सबै खेलहरू विहान ९ बजेदेखि सुरु हुनेछन् ।

यसअघि आइतबार पहिलो दिनको खेलमा लुम्बिनी प्रदेशले कोशीलाई, कर्णालीले सुदूरपश्चिमलाई तथा एपीएफ क्लबले बागमती प्रदेशलाई हराएका थिए ।

गत संस्करणको पीएम कप क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो ।

पीएम कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय