+
+
Shares

कर्णालीमा माछा मार्न गएका एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २६ गते ९:३९

२५ फागुन, धनगढी । बाजुरामा कर्णाली नदीमा माछा मार्न जाने क्रममा एक जनाको भीरबाट खसेर मृत्यु भएको छ ।

आइतबार साँझ कर्णालीमा माछा मार्न गएका स्वामीकार्तिक खापर गाउँपालिका-२ फयल गाउँका अन्दाजी ४० वर्षीय पुसे भण्डारीको भीरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले भीरबाट खसेका भण्डारीको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

उनकाअनुसार भीरबाट कर्णाली नदीको किनारमा खसेका भण्डारीको मृत्यु भएपनि शव भएको ठाउँसम्म प्रहरी पुग्न सकेको छैन् ।

अहिले प्रहरी चौकी जुद्दी र इलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरी निरीक्षक लोकराज अवस्थी नेतृत्वको टोली घटना भएको ठाउँसम्म पुगेको छ ।

मृतकको शव नदीको पारीपट्टी भएकाले कर्णाली तर्न सक्ने अवस्था छैन् ।  भण्डारीको शव भएको ठाउँसम्म पुग्न बोट वा ट्युबको व्यवस्थापन गर्ने प्रयास भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?