+
+
Shares

कमल थापाले बोलाए पदाधिकारी बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २६ गते १०:२१

२६ फागुन, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज पदाधिकारी बैठक बोलाएका छन् ।

आज दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्ने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए ।

आगामी दिनमा हिन्दुराष्ट्र तथा राजसंस्थाको एजेन्डा स्थापित गर्न र संघीयता खारेज गर्नका लागि राजावादीहरुबीच एकजुट हुनुपर्ने आवाज उठिरहेका बेला थापाले बैठक बोलाएका हुन् ।

महामन्त्री बर्तौलाका अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आइतबार काठमाडौंमा भएको पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रम र आगामी योजनाबारे बैठकमा छलफल हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?