+
+
Shares

प्रदीपको जन्मदिनमा ‘पिताम्बर’को एक्सनप्रधान टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २६ गते १२:३९

काठमाडौं । अभिनेता प्रदीप खड्काको जन्मदिन अवसरमा सोमबार उनको आगामी फिल्म ‘पिताम्बर’को टिजर सार्वजनिक भएको छ । शीर्ष भूमिका ‘पिताम्बर’मा पनि उनले अभिनय गरेका छन् ।

टिजरमा खड्काको एक्सन र स्टन्टका दृश्य समेटिएको छ । यदि तपाईं उनका प्रशंसक हुनुहुन्छ भने यो टिजर रोचक लाग्नेछ । फिल्मको झलक हेर्दा यसमा उनको एक्सन दृश्य प्रशस्तै हुने अनुमान छ ।

यसका लागि प्रदीपले मिहेनत गरेको देखिन्छ । यसअघि सार्वजनिक टिजर र गीत ‘म त फ्यान भएँ यार’ले चर्चा पाइरहँदा सार्वजनिक नयाँ टिजरले फिल्मलाई थप चर्चा दिने अनुमान निर्माताको छ ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि लगायतको अभिनय छ ।

कृषा चौलागाईं निर्देशित फिल्ममा विशाल चौलागाईं निर्माता, पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह-निर्माता, सुमन गौतम कार्यकारी निर्माता छन् । केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा फिल्म निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?