+
+
Shares

रोजगार प्रवर्द्धन दशक घोषणा, सरकार र विभिन्न रोजगारदाताबीच समझदारी–पत्रमा हस्ताक्षर

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र विभिन्न रोजगारदाता निकायबीच समझदारी–पत्रमा हस्तान्तर गरिएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २६ गते १३:२४

२६ फागुन, काठमाडौं । सरकारले आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार आयोजना गरेको पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको दौरान प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गरेका हुन् ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र विभिन्न रोजगारदाता निकायबीच समझदारी–पत्रमा हस्तान्तर गरिएको थियो ।

सरकार तथा नेपाल होटल व्यवसायी संघ, नाडा अटोमोबाइल एसोसिएसन, गार्मेट एसोसिएसन नेपाल, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ लगायतबीच समझदारी–पत्रमा हस्ताक्षर भएको हो ।

यससँगै आन्तरिक रोजगारीको ढोका खुलेको सरकारको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?