+
+
Shares

राजाको पक्षमा काठमाडौंमा केही भएकै छैन : देउवा

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २६ गते १३:२५
फाइल तस्वीर

२६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादीहरूले काठमाडौंमा गरेको प्रदर्शन सामान्य भएको टिप्पणी गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्न सोमबार धनगढी पुगेका सभापति देउवाले धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

हिजो काठमाडौंमा अद्भुत प्रदर्शन भयो भन्ने हल्ला छ ? भन्दै देउवालाई सञ्चारकर्मीले प्रश्न गरेका थिए ।

जवाफमा देउवाले भनेका छन्, ‘कहाँ अद्भुत हुन्छ ? केही भएकै छैन ।’

उनले अहिले दुई दल सरकारमा रहेको र सरकार राम्रोसँग चलेको पनि जिकिर गरे ।

‘दुईवटा पार्टी सरकारमा छन् । राम्रैसँग चलेको छ । सरकारमा कुनै समस्या छैन,’ उनले भने ।

उनले ०८४ सम्म सरकार चल्ने पनि दाबी गरे । उनले पार्टीको महाधिवेशन समयमै हुने जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?